Aamsanchar

चौलानी नदीमा बगेर एक बालक बेपत्ता

Author Image
मङ्गलवार, असोज २३, २०८०

दार्चुला – दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता भएका छन्। जिल्ला शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइको ६ वर्षीय छोरा हेमान्सु दमाइ नदीमा बगेर बेपत्ता भएका हुन्।

उनी नदीमा नुहाउने क्रममा सोमबार दिउँसो बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट प्रहरी टोली खटिएर बेपत्ता बालकको खोजी कार्यालय भइरहेको प्रहरीले बताएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर