Aamsanchar

पूर्वसभामुख महाराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा दर्ता

Author Image
बुधवार, असोज २४, २०८०

काठमाडौं – विद्युतीय चुरोट (भेप)मार्फत् भएको सुन तस्करी प्रकरणमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनअनुसार पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरा राहुलसहित ४ जनालाई प्रतिवादी बनाइएको जनाइएको छ ।

राहुलसँगै यो प्रकरणमा चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङविरुद्ध मुद्दा दर्ता गरिएको कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर