




काठमाडौं – संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) जस्तो देखिने वस्तु ६ किलोसहित एकजना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–८, कपाली चोकबाट मंगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–६ बस्ने ३४ वर्षीय शुकलाल तामाङ छन् । अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 67