Aamsanchar

संविधान दिवसमा सरकारबाट आममाफी पाएका योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै आन्दोलन

Author Image
बुधवार, असोज २४, २०८०

काठमाडौं – महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन् ।

बुधबार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी योगराज ढकाललाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

ढकाललाई कैद मिनाह दिइएको भन्दै मृतककी पत्नी भारती मानन्धर माईतीघरमा अनसनरत हुनुहुन्छ । उनीहरुले चेतन मानन्धरको आत्मालाई शान्ति दिन माग गर्दै शान्तिपूर्ण खबरदारी विरोध र्‍याली गरेका छन् ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल ९रिगल० लाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाह गरेको थियो । रिगल २०७२ असार २८ मा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगल विरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ ।

आन्दोलनमा उत्रिएका महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटना संविधानको धज्जी उडाएको बताउनुभयो । उहाँले दिनदहाडै हत्या गरेको सजया सरकारले आममाफी दिनु भनेको अपराध भएको बताउनुभयो । त्यस्तै, अर्की आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा गर्नु नहुने बताउनुभयो । उहाँले आममाफी दिनेकाम फिर्ता गर्नुपर्ने बताउनुभयो । सकरारले महिलामाथि नै आक्रमण गरेको बताउनुभयो ।

आन्दोलनकारीहरुले भारतीले न्याय पाउनुपर्ने बताए । स्वतन्त्रता भनेको यही हो भन्दै प्रश्नसमेत गरेका छन् । आन्दोलनकर्मीहरुले विधिको शासन पालन गर्, हाम्रो जीवनको रक्षा गर सरकार, अपराधीलाई सम्मान गर्न बन्द गर्, जघन्य अपराधी रिगललाई जेल चलान गर् लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
/>
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर