Aamsanchar

इजरायलबाट २५४ जना नेपाली स्वदेश फर्किए

Author Image
शुक्रवार, असोज २६, २०८०

काठमाडौं – युद्धग्रस्त बनेको इजरायलबाट २५४ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल वायु सेवा निगमको विमानबाट उनीहरू बिहीबार राति फर्किएका हुन् ।

विद्यार्थी लिन र इजरायलमा रहेका घाइते नेपाली र अन्यलाई भेट्न पुगेका परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी सवार विमान स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट ९नेपाली समय ५ बजेर १७ मिनेट० मा नेपालका लागि उडेको थियो । उद्धारका लागि बिहीबार बिहान ३ बजे नेपाल एयरलाइन्सको विमान तेलअबिबस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकोे थियो ।

हमास समूहको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन् । आक्रमण सुरु भएपछि उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा स्थानान्तरण गर्नसमेत समस्या परेको थियो ।

नेपाली विद्यार्थीले आफू असुरक्षित रहेको भन्दै सुरक्षित स्थानमा सार्न आग्रह गरेको करिब चार दिनपछि मात्रै उनीहरूलाई पूर्णरूपमा उद्धार गरिएको थियो । सरकारले स्वदेश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज सरकारले पठाएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर