Aamsanchar

सिक्किममा बाढीपछि सम्पर्कविहीन भएका पाँच जना नेपाली परिवारको सम्पर्कमा

Author Image
शनिवार, असोज २७, २०८०

झापा – मजदुरी गर्न भारतको सिक्किम गएका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् ।

इलाम नगरपालिका–९ का लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान् कुमार बस्नेत र छोरी ९ वर्षकी खुसी बस्नेत र सेनबहादुर कार्की सम्पर्कमा आएका हुन् ।

उनीहरू सबै सम्पर्कमा रहेको र केही दिनमा नै घर फर्कने तयारीमा रहेका इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

उनीहरू सिक्किमको लाचेम, थम्बु तथा गोलाखर्कमा निर्माण कार्यमा ज्याला मजदुरीका लागि गएका थिए । गएको असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि उनीहरू सम्पर्कमा थिएनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर