Aamsanchar

सवारी चालक र सहचालकको रक्तचाप र आँखा परीक्षण थालियाे

Author Image
शनिवार, असोज २७, २०८०

सिन्धुली – सिन्धुलीमा सवारी चालकहरूलाई रक्तचाप र आँखा परीक्षण गर्न सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले नेपाल रेडक्र र आँखा अस्पतालको समन्वयमा आँखा परीक्षण सुरू गरेको हो।

नजिँकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सिन्धुलीमाढीस्थित चेक पोष्ट र गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित प्रहरी चेक पोष्टमा लामो तथा छोटो दूरीमा सञ्चालन हुने सवारी साधनका चालक र सहचालकको रक्तचाप र आँखा परीक्षण गर्न थालेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चिरञ्जीबी दाहालका अनुसार विपी राजमार्ग, मध्ये पहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्ग हुँदै सञ्चालन हुने यात्रुबाहक सवारी साधनका चालक र सहचालकको रक्तचाप र आँखा परिक्षण गर्ने गरिएको छ।

‘जिल्लाका राजमार्गमा हुने सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले चालक र सहचालकको रक्तचाप र आँखा जाँच थालिएको हो,’ उनले भने।

यसका लागि कमलामाई नगरपालिका र गोलन्जोर गाउँपालिकाले समेत सहयोग गरेको छ। चाडपर्वका समयमा विपी र मध्ये पहाडी लोकमार्ग हुँदै राजधानी भित्रने र बाहिरिने सवारी साधनको अत्याधिक चाप बढ्ने गरेको छ।

पूर्वी नेपाल तथा मध्ये तराईदेखि राजधानी काठमाडौंसम्म जाने र आउने सवारीसाधनमा एकै जना चालकको १८ घण्टासम्म सवारी चलाउने गरेका छन्। जसका कारण प्रेसर बढ्दा र आँखाको ज्योतिमा समस्या आउदा दुर्घटना बढ्ने सम्भावना बढी छ। प्रहरी प्रवक्ता दाहालका अनुसार हालसम्म एक हजार बढी चालकको रक्तचाप र आँखा परीक्षण गरिसकिएको छ ।

त्यस्तै चाडपर्वलाई लक्षित गर्दै प्रहरीले जिल्लाको कमलामाई नगरपालिका ६ सिन्धुली बसपार्क, गोलन्जोर ७ खुर्कोट बजार र दुधौली नगरपालिका ४ डकाहा बजारमा यात्रु सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर