Aamsanchar

टिमुरे भञ्याङमा ट्याक्टर दुर्घटना, १८ वर्षीय युवकको ज्यान गयाे

Author Image
शनिवार, असोज २७, २०८०

संखुवासभा – संखुवासभाको टिमुरे भञ्याङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

शनिबार टिमुरे भञ्याङमा को २ त ४३३० नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक पाँचखपन नगरपालिका–१ का १८ वर्षीय सविनकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

गम्भीर घाइते भएका सहचालक तामाङको शनिबार दिउँसो उपचारका क्रममा वाना प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए। ट्याक्टर चालक ३४ वर्षीय विक्रम भन्ने वीरबहादुर गिरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका तामाङलाई मुलुकी फौजदारी संहिता २०७४ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर