Aamsanchar

सिस्नेगडामा बलेरो जिप दुर्घटना, एक जनाकाे घटनास्थलमै मृ*त्यु

Author Image
मङ्गलवार, असोज ३०, २०८०

कालिकोट- कर्णाली कोरिडोर अन्तर्गत सिस्नेगडामा डबल क्याप बलेरो जिप आज बिहान ३ बजे दुर्घटना भएको छ । बाजुरा वाट कालिकोट आउने क्रममा सान्नित्रिवेणी गाउँपालिका को सिस्नेगडामा दुर्घटना भएको हो । ग १ ज ५७९५ नम्बरको वलेरो जिप सडक बाट करिब ५० मिटर तल कर्णाली नदिको किनारमा खस्दा चालकको घटना स्थलमै मृत्यु भएको छ ।

कालिकोट जिल्लाको रास्कोट नगरपालीका फुकोट ७ घर भै हाल कैलाली बस्दै आउनु भएको चालक सक्कल शाहीको घटना स्थलमै मृत्यु भएको छ । जिपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ । विस्तृत जानकारीको लागि प्रहरी टोली घटना स्थल तिर गइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर