Aamsanchar

खलङगाको एक होटलमा महिलाको शव फेला

Author Image
मङ्गलवार, असोज ३०, २०८०

रुकुमपश्चिम-रुकुमपश्चिमको सदरमुकाम मुसीकोट खलङगाको एक होटलमा एक महिलाको शव फेला परेको छ । मुसीकोट नगरपालिका –१ मा रहेको होटेल सत्कारमा महिला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार होटलको कोठा १ मा अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका ठेगाना भएका विकास केसीको नामबाट गत आइतबार होटलको कोठा बुक भएको देखिन्छ । सिरकले शव छोपेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीको भनाइ छ । सिरक उठाएर हेर्दा टाउकोमा कपडा बाँधिएको र शव रक्ताम्य अवस्थामा छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डिएसपी भट्टराईका अनुसार नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान टोली मनाइएको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर