Aamsanchar

कम परिमाणको तेल बिक्री गर्ने एक पेट्रोल पम्प सिल

Author Image
मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं – उपत्यकाभित्र रहेका पेट्रोल पम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री कार्यालय, आयल निगमलगायतले संयुक्तरूपमा अनुगमन गरेको छ।

पेट्रोल पम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा संयुक्त अनुगमन टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेको पेट्रोल पम्पमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा काठमाडौंको गैह्रीगाउँको भ्याली बाबा सप्लायर्सबाट कम परिमाणको तेल बिक्री वितरण गरेको पाइएपछि पेट्रोल पम्पको एउटा नोजललाई सिल गरिएको छ। परिमाण मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न प्रधानमन्त्रीको सचिवालय सदस्य बिनोद न्यौपानेले जानकारी दिए। चाडपर्वको मौका छोपी उपभोक्तामाथि ठगी हुनसक्ने भएकाले अनुगमन गरिएको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर