Aamsanchar

गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी पुरस्कार डीएसपी कुवँरलाई

Author Image
बुधवार, कार्तिक १, २०८०

काठमाडौं – जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवर प्रदेशकै उत्कृष्ट प्रहरी प्रमुख बनेका छन् ।

६८औँ प्रहरी दिवसको अवसरमा कुँवरलाई मंगलबार गण्डकी प्रदेश प्रहरीले उत्कृष्ट पुरस्कार दिएको हो । प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयमा पोखरामा आायोजित कार्यक्रममा कुवँरलाई सो पुरस्कार दिइएको हो ।

त्यस्तै, प्रहरी दिवसको अवसरमा अन्य प्रहरी कर्मचारीलाई समेत विभिन्न पुरस्कार दिइएको थियो । प्रहरीबाहेक प्रहरीको सेवा प्रवाहमा सहयोग गर्ने विभिन्न व्यक्ति संघ सस्थालाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर