Aamsanchar

किसानहरुलाई मौरी गोलासहित आधुनिक माहुरीघार वितरण

Author Image
बुधवार, कार्तिक १, २०८०

जाजरकोट – जाजरकोट भेरी नगरपालिकाका किसानहरुलाई मौरी गोलासहित आधुनिक माहुरीघार वितरण गरिएको छ।
महिला उद्यमशिलता विकास तथा रोजगारी सिर्जना कार्यक्रमअन्तर्गत मौरी गोलासहितका घार वितरण गरिएको हो।

भेरी नगरपालिका वडा नं १ र २ का ३० जना मौरीपालक किसानका लागि ९० थान माहुरी गोलासहितका आधुनिक घार लगायतका सामाग्रीहरू वितरण गरिएको खलङ्गा साना किसान सहकारी संस्था लिमीटेडका अध्यक्ष यगुमाया कार्कीले बताइन्।

१२ हजार रुपैयाँ पर्ने उक्त गोलासहितको घार ७५ प्रतिशत संस्थाको र २५ प्रतिशत कृषकले व्यहोर्ने गरी वितरण गरिएको अध्यक्षक कार्कीले बताइन्। केही दिन अगाडि ती कृषकहरूलाई मौरीपालनसम्बन्धी एक हप्ते तालिम प्रदान गरिएको थियो। गोलासहितका घार पाएपछि खुसी हुँदै कृषक मनबहादुर रानाले आफूहरू व्यवसायिक माहुरीपालनमा लाग्ने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर