Aamsanchar

बिर्तामोडदेखि पाँचथर जाँदै गरेकाे बोलेरो दुर्घटना

Author Image
बुधवार, कार्तिक १, २०८०

फिदिम –मेची राजमार्गस्थित पाँचथरको टाहारीमा बोलेरो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । आठमध्ये १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

झापाको बिर्तामोडदेखि पाँचथरको ओयाम हिँडेको को १ ज ५१३३ नम्बरको बोलेरो बुधवार अपराह्न साढे ३ बजे सडकबाट करिब २५ मिटर तल खसेको थियो । बोलेरो अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले बत्ताउनुभयो ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेकी याङवरक ३ की ३९ वर्षीया जुनिता लावती र पृथ्वीराज चौहानलाई पाँचथर अस्पतालबाट थप उपचारका लागि झापा रेफर गरिएको कुँवरको भनाइ छ । घाइते ७ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा याङवरक–३ का २३ वर्षीय भिमा नुगो, १६ वर्षीय पृथीराज चौहान, २० वर्षीया सुजा लिम्बू, १८ वर्षीया प्रतीक्षा न्यौपाने, झापाको दमक ७ निवासी ४ वर्षीय दिपशन मैनाली र उनकी आमा ३० वर्षीय विनीता मैनाली घाइते भएका हुन् ।

ट्याक्सी चालक नरेन्द्र न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर