Aamsanchar

एकै दिन चारवटा मोटरसाइकल चोरी गर्ने पक्राउ

Author Image
शुक्रवार, कार्तिक ३, २०८०

वीरगन्ज – वीरगन्जमा एकै दिन चारवटा मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् । वीरगन्जको विभिन्न स्थानबाट चारवटा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बस्ने ३२ वर्षीय अजय गोसाईंलाई पक्राउ गरेको हो ।

गोसाईंले एक दिनमा चारवटा मोटरसाइकल चोरी गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

वीरगन्जमा दसैंमा लागेको रात्री बजार घुम्न आएकाहरूको मोटरसाइकल गोसाईंको समूहले चोरी गरेको बोगटीले बताए । उनका अनुसार गोसाईंको समूहले ती मोटरसाइकल चोरी गरेर नारायणी अस्पतालको पार्किङमा लुकाएर राखेको थियो । ‘गोसाईंको समूहले एउटा मोटरसाइकल चोरी गर्ने, त्यसलाई लगेर नारायणी अस्पतालको पार्किङमा लुकाउने अनि फेरी आएर अर्को चोरी गर्ने गरेको थियो,’बोगटीले भने ।

प्रहरीले चोरी भएको प्रदेश – ०२ – ०२३ – ०२२ प ९२७२, ना.२६ प ५८५३, ना ६४ ३८०६ र ना.५४ प ४७२४ मोटरसाइकल समेत बरामद गरेको छ ।

गोसाईंलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको र उनको समूहका अन्य सदस्यहरूको खोजी कार्य भइरहेको बोगटीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर