




भोजपुर – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले भोजपुर, आमचोक गाउँपालिकाको सरस्वती माध्यामिक विद्यालय दुम्मानालाई अक्षयकोषका लागि संकलन गरिएको ६ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
किरातीले मन्त्री पद ग्रहण गरेपछि शुभेच्छुकहरुसँग खादा माला लगाइदिनुको सट्टा शिक्षाका लागि सहयोग गर्न अनुरोध गर्दै सहयोग पेटिका राखेका थिए । त्यसमा संकलन भएको ६ लाख ४३४ रुपैयाँ विद्यालयलाई अक्षयकोष स्थापनाका लागि उनले हस्तान्तरण गरेका छन् ।मन्त्री किरातीका अनुसार उक्त अक्षयकोषको ब्याजबाट आउने रकमको २५ प्रतिशत साँवामा थपिँदै जाने र बाँकी रकम एसईईमा हरेक वर्ष उत्कृष्ट हुने छात्राछात्रलाई प्रदान गरिनेछ ।
यसले विद्यार्थीलाई पढ्न हौसला मिल्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 59