Aamsanchar

मासु अड्किएर ज्यान गुमाएका दलबहादुरकाे परिवारलाई १० हजार रुपैयाँ सहयोग

Author Image
मङ्गलवार, कार्तिक ७, २०८०

दैलेख – दैलेखमा मासु अड्किएर ज्यान गुमाएका नौमुले गाउँपालिका–६ माथिल्लो नाउलीका ३९ वर्षीय दलबहादुर विकको परिवारलाई छिमेकी अमेरिकाको क्यालिफोर्नियामा रहेका मनेन्द्रचन्द ठकुरीले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

अस्ति आइतवार पोलेर खाँदै गरेको मासु घाँटीमा अड्किएर दलबहादुरको ज्यान गएको थियो । उहाँका चार छोरा र दुई छोरी छन् । आर्थिक अवस्था कमजोर हुँदा काजक्रियामा समेत समस्या रहेको मृतकका छिमेकले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर