Aamsanchar

एकै नम्बर प्लेटका दुई मोटरसाइकल सहित दुई जना पक्राउ

Author Image
शनिवार, कार्तिक ११, २०८०

कालिकोट- कालिकोट सदरमुकाम मान्ममा एकै नम्बर प्लेट भएका दुई मोटरसाइकल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल सहित चालक दुई जनालाई पनि नियन्त्रणमा लिएर प्रहरी आज सार्वजनिक समेत गरेको छ । बजाज कम्पनीका कालोतारो रङका दुई वटा मोटरसाईक सँगै पार्किङ गरिराखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक यज्ञराज जोशीले बाग्मती प्रदेश ०२०३४प ३८३० नम्बरका मोटरसाइकलका चालक सान्नी त्रिवेणी गाउँपालिका वडा नं ५ बस्ने इलम बम र छत्र सुनारलाई नियन्त्रणमा लिएको उल्लेख छ ।

दुई वटै मोटरसाइकल खरिद गरी ल्याएको जनाएका छन् भने चोर पत्ता लगाउन प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर