Aamsanchar

२२ वर्षिय नेपाली बौद्ध भिक्षुको श्रीलंकामा निधन

Author Image
शनिवार, कार्तिक ११, २०८०

काठमाडौं – श्रीलंकामा अध्ययनरत नेपाली बौद्ध भिक्षुको एवं विद्यार्थी सोरत धम्मको निधन भएको छ ।

दाङ राप्ति गाउँपालिका देउखुरीका २२ वर्षिय सोरतको निमोनियाका कारण केही दिन अगाडि निधन भएको चारुमति बुद्ध बिहारले जनाएको छ ।

गृहस्थ नाम आशकुमार चौधरी भएका उहाँको पार्थिवशरिर भने शनिबार नेपाल आइपुग्ने जनाइएको छ । विहार, धर्मपालराम विहार, गल्किस्स, कोलोम्बो र श्रीलंका स्थित नेपाली दुतावासको पहलमा उहाँको पार्थिव शरिर नेपाल ल्याउन लागिएको हो ।

भिक्षु सोरत श्री जयवर्धनेपुरा विश्वविद्यालयमा बौद्ध धर्म र आइटीमा स्नातकोतर तहमा अध्ययनरत हुनुहुन्थ्यो । उहाँको शनिबार नै पशुपति विद्युतीय शवदाहागृहमा अन्त्येष्टि गरिने विहारले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर