Aamsanchar

जिप र मोटरसाइकल एकआपसमा ठेक्किएर दुर्घटना

Author Image
शनिवार, कार्तिक ११, २०८०

बैतडी – बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठेक्किएर भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। पाटन–पञ्चेश्वर सडकखण्ड अन्तरगत पर्ने पाटन नगरपालिका–५ को स्याडीखोलामा पाटनदेखि मेलौलीतर्फ गइरहेको सु.प.प्र.०२ ००१ च ८४१ नम्बरको जिप र मेलौलीबाट पाटनतर्फ आइरहेको म २ प ६९१६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक मेलौली नगरपालिका–६का २१ वर्षीय नरेन्द्र भट्ट घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख एवम् प्रहरी सहायक निरीक्षक तेज बहादुर रावलले जानकारी दिए। भट्टको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डडेल्धुरा रेफर गरिएको छ।

भट्टको दाहिने खुट्टासहित शरिरका विभिन्न भागमा चोट लागेको छ। मोटरसाइकलमा पनि क्षति पुगेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर