Aamsanchar

पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको नगरबस दुर्घटना

Author Image
आइतवार, कार्तिक १२, २०८०

पर्वत – कास्कीको पोखरा महानगरपालिकामा भएको नगरबस दुर्घटनामा ११ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार ३० जना सवार बस पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको अवस्थामा ग १ ख ८५८५ नम्बरको बस आइतबार मध्याह्न दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले बताए।

घाइते ११ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बस घुम्तीमा अचानक ब्याक हुँदा दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर