Aamsanchar

अरिङगाल पोल्ने क्रममा चिल्दा एकजनाको मृ*त्यु, एक गम्भीर घाइते

Author Image
सोमवार, कार्तिक १३, २०८०

तनहुँ – भानु नगरपालिकामा अरिंगालले टोक्दा एकजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

भानु– ७ रम्गाटार स्थित जंगलमा आइतबार राति १२ बजेतिर अरिङगाल पोल्ने क्रममा घाइते भएका भानु नगरपालिका– ४ फला खेत बस्ने ३२ वर्षीय राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २४ वर्षीय धनबहादुर तामाङ गम्भीर घाइते भएका छन्।

अरिंगालले टोकपछि घाइते भएका दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेजमा चितवनमा पठाएको थियो। उपचारको क्रममा सोमबार बिहान राजकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए।

घाइते धनबहादुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर