Aamsanchar

‌ओखलढुंगामा आगलागी, एक घरसहित दुईवटा मोटर साइकल जले

Author Image
सोमवार, कार्तिक १३, २०८०

ओखलढुंगा – ‌ओखलढुंगामा आगलागी हुँदा एक घरसहित दुईवटा मोटर साइकल जलेका छन् । सोमबार बिहान सिद्विचरण नगरपालिका -१० बेतेनीमा भएको आगलागीमा ११ लाख बढी रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

बेतनीका केदारनाथ धमलाको फुसको छानो भएको ३ तले घरमा आगलागी हुँदा घर,काठपात, घरभित्र राखेको बा. ८२ प ७७२ न.को पल्सर र बा. ८५ प २४०८ नम्बरको होण्डा मोटरसाइकल जलेर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए ।

आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर