Aamsanchar

फरवार्ड जेनीलाई ओठमा चुम्बन गरेपछि रूबियाल्सलाई तीन वर्षको प्रतिबन्ध

Author Image
मङ्गलवार, कार्तिक १४, २०८०

स्पेनिस फुटबल महासंघका पूर्वअध्यक्ष लुइस रुबियाल्सलाई फिफाले फुटबलसँग सम्बन्धित सबै गतिविधिमा तीन वर्षको प्रतिबन्ध लगाएको छ।

महिला विश्वकप २०२३ को फाइनलमा स्पेनले इङ्ल्यान्डमाथि जित हासिल गरेपछि रुबियाल्सले फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेपछि विरोध भएको थियो।

फरवार्ड हर्मोसोले सहमतिमा चुम्बन नभएको बताएपछि रुबियाल्सले सेप्टेम्बरमा आफ्नो भूमिकाबाट राजीनामा दिएका थिए। हर्मोसोले पछि रुबियाल्स विरुद्ध कानुनी उजुरी दर्ता गराएका थिइन्।

सोमबार, विश्व प्रशासकीय निकाय फिफाले आफ्नो अनुशासन संहिताको धारा १३ उल्लङ्घन गरेकोमा तीन वर्षको प्रतिबन्धको घोषणा गरेको हो।४६ वर्षीय रुबियाल्सले खेलपछिको समारोहमा चुम्बन ‘आपसी’ भएको दाबी गरे तर हर्मोसोले निरन्तर रूपमा अस्वीकार गरेकी थिइन्।यो घटनाले अष्ट्रेलियाको सिड्नीमा स्पेनको ऐतिहासिक जितलाई ओझेलमा पारेको थियो।

गत महिना, म्याड्रिडको राष्ट्रिय अदालतमा सुनुवाइले रुबियालेस विरुद्ध यौन दुर्व्यवहार र जबरजस्ती गरेको आपराधिक उजुरीलाई सुनुवाइ गरेको थियो।

उनलाई पछि हर्मोसोको २०० मिटर भित्र जान प्रतिबन्ध लगाइएको थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर