Aamsanchar

नेपालविरुद्ध मलेसियाद्वारा १६६ रनको लक्ष्य प्रस्तुत

Author Image
मङ्गलवार, कार्तिक १४, २०८०

काठमाडौं – नेपालविरुद्ध मलेसियाले १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु मैदानमा टी(२० विश्वकपअन्तर्गत एसिया क्वालिफायर्समा निर्धारित ओभरको खेलमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको हो।

मलेसियाका लागि साइद अजितले सर्वाधिक ६८ रन बनाए। उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै जुबइदीले २४, सर्विभनले १३ र विजय युनीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अकंकको रन जोड्न सकेनन्।

त्यस्तै बलिङतर्फ नेपालका लागि अविनाश बोहोराले ४ विकेट लिए। सन्दीप लामिछाने, गुल्शन झा र रोहित पौडेलेले भने एक-एक विकेट लिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर