




दाङ : तुलसीपुरमा विद्यालय गएका एक बालक तीन दिनदेखि सम्पर्कविहीन छन्।
रोल्पाको त्रिवेणी गाउँपालिका बुढागाउँ घर भइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका – २ खैरीपुरस्थित मामाको घरमा बस्दै आएका १४ बर्षीय प्रदीप केसी तीन दिनदेखि हराएका हुन्।
स्थानीय जनप्रेमी सेकेन्डरी बोर्डिङ स्कूल बालापुरमा कक्षा ८ मा अध्यनरत केसी कात्तिक १२ गते साढे ९ बजेतिर मामा घरबाट विद्यालय जान भनेर हिडेको र हालसम्म सम्पर्कबिहीन रहेको उनका मामा शोभाराम डाँगीले बताएका छन् ।
कात्तिक १३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा मामा शोभारामले भान्जा प्रदीपको खोजी कार्यमा सहयोग गरि दिन आग्रहका साथ प्रहरीमा लिखित निवेदनसहित आग्रह गरेका छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 58