




झापा- सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
विगत केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक लगायतका माध्यमबाट नेपाली सेनाबारे जथाभाबी सामग्री लेखेर घृणा फैलाएको आरोपमा झापाको दमक घर भई अहिले काठमाण्डौ बस्दै आएका डिल्लीराम खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

सेनाको आग्रहमा खनाललाई पक्राउ गरेर अदालतमा पेस गरिएको र सात दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
1
+1
+1
+1
Views: 97