Aamsanchar

राष्ट्र संघका महासचिवकाे सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका असईको मृत्यु

Author Image
बुधवार, कार्तिक १५, २०८०

काठमाडौं – संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एकजना प्रहरी सहायक निरीक्षक (असई)को लेक लागेर मृत्यु भएको छ।

प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए। गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका ढुंगानालाई स्वासप्रस्वासमा समस्या भएपछि आज बिहान उद्दार हेलिकोप्टरमा पोखरा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए। पर्वत निवासी ढुंगाना घान्द्रुकमा कार्यरत थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर