Aamsanchar

बाल एकता बोडिङ्गका सञ्चालक रुपेशको हत्यामा संलग्न रहेका एक महिलासहित ५ जना सार्वजनिक

Author Image
बुधवार, कार्तिक १५, २०८०

बारा- कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक गुडूँ भनिने रुपेश सर्राफको हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार दिउँसो कलैया भरतचोक नजिकै सञ्चालक सर्राफको गोली हानी हत्या गरिएको थियो । सर्राफको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेको पाँच जनालाई बारा प्रहरीले आज ९बुधबार० सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका– ६ बस्ने राधा गुप्ता, जमिल अख्तर, रियाज अन्सारी र भारत मोतिहारि घोडासहन–१२ बस्ने २३ वर्षे चन्दन यादव र सोही ठाउँका २३ वर्षीय अभिनव कुमार सिंह रहेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यसैगरी हत्याका मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने भारतमा फरार रहेको उहाँको भनाइ छ ।

पक्राउ परेका राधासँग दुई पक्षीय प्रेम प्रसङ्ग रहेकाले सर्राफ र मनोजबिच केही दिन अघि कलैयामा झगडा समेत भएको थियो ।

राधा सर्राफले सञ्चालन गरेको स्कुलमा विगत एक वर्षदेखि लेखापालको रूपमा काम गर्दै आएकी थिइन् । दुई पक्षीय प्रेम प्रसङ्गका कारण सर्राफको हत्या भएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर