Aamsanchar

अरिङ्गालको टोकाईबाट इलामका एक व्यक्तिको मृत्यु

Author Image
बुधवार, कार्तिक १५, २०८०

 इलाम । इलामको इलाम नगरपालिका -१२ साङरुम्बा स्थितमा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

हिजो बिहान ९ बजे छिमेकीको बारीमा भुइँमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रूखमा रहेको अरिङ्गालले टोकेर घाईते भएका स्थानीय ५९ वर्षीय याम बहादुर लिम्बू र  निजको ज्वाइँ ३० वर्षीय सन्तोष लिम्बुलाई उपचारको लागि जिल्ला अस्पताल इलाम ल्याइएको र थप उपचारको लागी विर्ता सिटी अस्पताल झापा लगिएकोमा उपचारको क्रममा  सन्तोष लिम्बुको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । हिजो राती पौने ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर