Aamsanchar

चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका युट्युवर मानवमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

Author Image
बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं – काठमाडौं जिल्ला अदालतले व्यक्तिको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका युट्युवर मनोजकुमार महतो (मनोज मानव)माथि थप अनुसन्धान गर्न सात दिनको म्याद दिएको छ।

युट्युवर मनोज मानवलाई सीआईबीको टोलीले बुधबार साँझ कीर्तिपुरबाट पक्राउ गरेको थियो। उनीमाथि अनुसन्धानका लागि म्याद थप गर्न सीआईबीले बिहीबार दिउँसो अदालतमा उपस्थित गराएको थियो।

सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिको चरित्र हत्या गरेको उनीमाथि आरोप छ।

नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले विद्युतीय कारोबार ऐन २०६३ अनुसार महतोलाई पक्राउ अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको जानकारी दिए।

महिला दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ। आफ्नो चरित्र हत्या गरेको भन्दै ती महिलाले साइबर ब्युरोमा उजुरी दिएका थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर