Aamsanchar

भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको ज्यान गयाे

Author Image
शुक्रवार, मंसिर १, २०८०

बाग्लुङ – बाग्लुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको ज्यान गएको छ । करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज शुक्रवार ज्यान गएको हो ।

गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिनुभयो । उहाँको घटनास्थलमै ज्यान गएको हो ।

अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत् आयोजनाको लापर्बाहीका कारण नेपालीको ज्यान गएको स्थानीयको आरोप छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर