Aamsanchar

टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट, सुनुवाइ साेमबार हुँने

Author Image
शुक्रवार, मंसिर १, २०८०

काठमाडौं – सरकारको टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० रिट दर्ता भएका छन् ।मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत खुलेकै दिन १० रिट दर्ता भएका हुन् ।

आइतबार छठ पर्वको बिदा परेकाले सबै रिटमा सोमबारका लागि सुनुवाइ तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

सबै रिटहरूमाथि एकसाथ सुनुवाइ हुनेछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी पर्शुराम पाण्डेसहित १० जनाले रिट दायर गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर