Aamsanchar

बझाङमा भूकम्पको धक्का महसुस

Author Image
सोमवार, मंसिर ४, २०८०

काठमाडौं –बझाङमा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ११ बजेर ३७ मिनेटमा बझाङको धमेना आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर परकम्प हो । गएको असोज १६ गते बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्पको गएको थियो । आजको धक्का त्यसकै परकम्प भएको केन्द्रले जानकारी गराएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर