Aamsanchar

माेरङ आगलागी घटना : घाइतेमध्ये अझै पाँचजनाको अवस्था गम्भीर

Author Image
शुक्रवार, मंसिर ८, २०८०

माेरङ – उर्लाबारी आगलागी घटनाका घाइतेमध्ये अझै पाँचजनाको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालले जनाएको छ । उपचारका क्रममा यसअघि तीनजनाको मृत्यु भइसकेको छ ।

अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा.शंकरमान राईका अनुसार आईसीयूमा उपचाररत पाँचजनाको अवस्था अझै जटिल रहेको छ । उनीहरूको शरीरको ४० प्रतिशत बढी भाग जलेको छ ।

अन्य घाइतेको अवस्था सुधारोन्मुख रहेको डा. राईले बताए । सबै घाइतेको पहिलो चरणको शल्यक्रिया गरिएको छ ।

गत मंगलबार बिहान उपचारको क्रममा उर्लाबारीका ४३ वर्षीय टपन पण्डित मृत्यु भएको थियो । उनको शरीरको ६० प्रतिशत भागमा जलन भएको थियो । त्यस्तै, उर्लाबारीकै ५० वर्षीय हेमकुमार दाहालको पनि बिहीबार बिहान मृत्यु भएको छ । उनको शरीरको ५० प्रतिशत भाग जलेको थियो । अर्का घाइते ५० वर्षीय कुमार तामाङको पनि बिहीबार बिहान मृत्यु भएको छ । तामाङको शरीरको ६५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

गत कार्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चारजना प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं ल्याइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर