काठमाडौं – इपिएस नेपालको २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् । २०२४ सुरु हुन २० दिन बाँकी रहेको अवस्थामा २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै उनीहरुले ललितपुरको ग्वार्कोस्थीत इपिएस कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन् ।
इपिएस परीक्षा दिएर बसेका युवाहरुले सीप बिल्डिङ परीक्षामा असफल विद्यार्थीहरुले म्यानुफ्याक्चरको परीक्षामा सहभागी गराउन समेत माग गरेका छन् ।
बाँकेबाट आएका युवा प्रदीप बुढाथोकीले २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलेपछि विरोध गर्न बाध्य भएको बताए । उनले आफूहरुको माग सुनुवाई नभएकाले अनसन लगायतका आन्दोलन गर्ने बताए।
प्रदर्शनमा सहभागीहरुले युवाको रोजगारीको सुनिश्चितता गर,इपिएसको मनोमानी बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 139