Aamsanchar

भारतसँगको खेलमा नेपालद्वारा लज्जास्पद ब्याटिङ, ५२ रनमा अलआउट

Author Image
मङ्गलवार, मंसिर २६, २०८०

काठमाण्डौ – एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले लज्जास्पद ब्याटिङ गरेको छ ।

दुबईको आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २२ ओभर १ बलमा ५२ रनमा अलआउट भयो । नेपालका हेमन्त धामीले सर्वाधिक ८ रन बनाए । यस्तै अर्जुन कुमाल र दिपक बोहरा समान ७, गुल्शन झा र दिपेश कँडेल समान ४, कप्तान देव खनाल र सुवाश भण्डारी समान २, दीपक बोहरा १ तथा उत्तम मगर र दीपक डुम्रे शून्य रनमा आउट भए । यस्तै आकाश चन्द ४ रनमा नट आउट रहे । नेपालले १३ रन अतिरिक्त पाएको थियो ।

बलिङतर्फ भारतका राज लिम्बानीले ७ विकेट लिए । उनले ९ ओभर १ बलमा ३ मेडनसहित मात्र १३ रन दिए । यस्तै आराध्य शुक्लाले २ आर्शिन कुलकर्णीले १ विकेट लिए ।

प्रतियोगितामा नेपाल जितविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर