Aamsanchar

निजगढ–काठमाण्डौ द्रुतमार्ग : धेद्रे सुरुङमार्ग छिचोलियो

Author Image
शनिवार, जेठ १२, २०८१

फोटो:सामाजिक सञ्जालबाट ।

काठमाण्डौ। तराई /मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलिएको छ । मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाण्डौतर्फ आउने सुरुङमार्ग हिजो छिचोलिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

धेद्रे सुरुङमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाण्डौ–तराईरमधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको छ । यसअघि गएको जेठ ४ गते एक हजार ४ सय ३० मिटर दूरीको लेनडाँडा सुरुङमार्ग पनि छिचोलिएको थियो । यो काठमाण्डौबाट निजगढतर्फ जाने सुरुङमार्ग हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)