Aamsanchar

ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा प्रवेश

Author Image
आइतवार, असार २३, २०८१

काठमाडौं – ब्राजिललाई हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

आज बिहान भएको खेलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। निर्धारित ९० मिनेटको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

यस खेलको ७४औ मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा समेटिएको थियो।

यो जितपछि उरुग्वेले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने भएको छ। अर्को खेलमा अर्जेन्टिनाले क्यानडासँग खेल्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर