Aamsanchar

सुनकाे भाउले बनायाे नयाँ रेकर्ड, आज ताेलाकाे १लाख ४५ हजार भन्दा धेरैमा काराेवार

Author Image
आइतवार, असार २३, २०८१

काठमाडौं – स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने उक्त सुन प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत जेठ २५ गते एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर