Aamsanchar

मटिअर्वा र शनिश्चरेबाट भारतीय रुपैयाँ तथा चरेससहित तीन जना प*क्राउ

Author Image
आइतवार, असार २३, २०८१

बारा : बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा र शनिश्चरेबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । असार २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले २ लाख ५ हजार ६ सय भारतीय रुपैयाँसहित भारत घर बताउने अन्दाजी ३६ वर्षीय सत्येन्द्र कुमारलाई नियन्त्रणमा लिएको हो ।बीआर २८ एडी ९२५८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनको साथमा भारतीय नोट फेला परेको हो । त्यस्तै असार १८ गते सोही गुल्मले करिब १० किलो २ सय ३० ग्राम चरेससहित भारत घर बताउने अन्दाजी २१ वर्षीय भरत साह र १८ वर्षीय मनिष कुमारलाई नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर