चितवन । नारायणी नदीको पुलबाट नदीमा हामफालेर बेपत्ता भएका एकजना पुरुष फेला परेका छैनन।
आइतबार बिहान पौने ११ बजे साइकलबाट झरेर करिब ५० देखि ५५ वर्षका पुरुष पुलबाट बाढी उर्लिएको नारायणीमा हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान खुलेको छैन । पुरुष हामफालेको उक्त स्थानमा अहिले विपद् व्यवस्थापन इकाइको प्रहरी टोली खटाइएको छ ।
हामफालेपछि पुलमा उनले छाडेको साइकल, चप्पल र टोपी लगायतका सामान भेटिएका छन् । पुलबाट हामफालेर बेपत्ता ती पुरुषको खोजी जारी छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 98