Aamsanchar

हेटौंडाको बजार क्षेत्र डुबानमा, १ सय ४१ घरधुरी प्रभावित

Author Image
आइतवार, असार २३, २०८१

हेटौंडा – बागमती प्रदेशको सदरमुकाम हेटौंडाको बजार क्षेत्र डुबानमा परेसँगै १४१ घरधुरी प्रभावित भएका छन् । हेटौंडा उपमहानगरपालिका–१, ५ र ७ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् ।

शुक्रबार रातिदेखिको वर्षाले राप्ती खोलासँग जोडिएको १ नम्बर वडाको चौकीटोल, ५ नम्बर वडाको पिप्ले र शान्तिनगर क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
५ नम्बर वडाका पिप्ले र शान्तिनगरका ३० भन्दा बढी घरहरु डुबानमा परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी र स्थानीयको सहयोगमा डुबानमा परेका घरबाट मानिसको उद्धार गरिएको थियो ।हेटौंडाको बजार क्षेत्रमा मात्रै डुबानबाट प्रभावित घरधुरी संख्या १ सय ४१ रहेको प्रहरीले जानकारी दिएको छ । हेटौंडा–५ सिंचाइकुना टोलमा २० घर, ५ नम्बर वडाकै लटिनाथ पल्टिङ क्षेत्रमा १५ घर, ५ नम्बर वडाकै लक्ष्मीनारायण मन्दिर आसपास १७ घर, शान्तिनगर टोलमा १३ घर, सानोपोखरामा ३० घर, दक्षिणकाली टोलमा १५ घर, ढुंगेधारा टोलमा ३० घर र हेटौंडा–७ न्युरेनीमा १ घर गरी जम्मा १ सय ४१ घरधुरी प्रभावित भएको प्रहरीले जानकारी दिएको हो ।हेटौंडा उपमहानगरपालिकाले व्यवस्थित ढल निर्माण नगरेकाले ५ नम्बर वडाको पिप्ले क्षेत्र हरेक वर्ष डुबानमा पर्ने गरेको छ । ५ नम्बर वडाको कर्रा खोला क्षेत्रसँग जोडिएको बस्ती निरन्तर वर्षा भएपछि रातभर जाग्राम बस्ने गरेका छन् । कर्रा खोला उर्लिएर आउँदा ५ नम्बर वडाको क्याम्पाडाँडादेखि ४ नम्बर वडाको कर्रा बस्तीसम्म खतरा हुने गर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर