Aamsanchar

अझै बढ्याे सप्तकोशी नदीमा बहाव, अहिलेसम्मको ठूला बाढी

Author Image
आइतवार, असार २३, २०८१

वराहक्षेत्र-सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । अहिले ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ९३ हजार ७१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ ।

सतह बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका बिहानदेखि खोलिएको छ । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार विहानदेखि पानीको बहाव उच्च हुँदैआएको छ ।

आज रातिबाट पानीको बहाव झन बढेपछि ब्यारेजका ५६ वटै ढोका आइतवार विहान ९ बजेदेखि खोलिएको थियो । सप्तकोशी चतरा जल मापन केन्द्रले आज दिउँसो ४ बजे १ लाख ७२ हजार ५ सय क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कोशी योजना आयोग बिराटनगरका सम्पर्क भूआर्जन अधिकृति प्रमोद पौडेलले बताउनुभयो । आज विहान १० बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ७० हजार १५० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको थियो । आज विहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ंं लाख ४२ हजार ६५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

हिजो शनिवार राति ९ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख १२ हजार ८३० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताउनुभयो । उहाँका अनुसार कोशीमा बाढी आउँदा नदीमा पानीको बहाव उच्च मापन गरिएको छ ।

अहिलेसम्मको ठूला बाढी

सन २०११ साल बैशाख १५ गते नेपाल र भारतबिच कोशी योजनासम्बन्धी सम्झौता पश्चात कोशी ब्यारेज बनेको थियो । ‘९ लाख क्युसेक पानीको चाप थाम्न सक्ने कोशी ब्यारेज पुल भए पनि अहिलेसम्म सबैभन्दा बढी सन् १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार दुईसय क्युसेक पानी बगेको कोशी योजना बिराटनगरका सम्पर्क तथा भूआर्जन अधिकृत प्रमोद पौडेलले बताउनुभयो ।

कोशी सम्झौता हुँदा कार्यकारी अधिकार भारतीय पक्षकै हुने, सवै योजनाहरुमा उनीहरुले नै लगानी गर्ने र निर्माण गर्ने अधिकार भारतीयलाई नै छ । परामर्श दिने र अनुगमन गर्ने अधिकार मात्र नेपाललाई भएको भूआर्जन अधिकृत पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार सन् १९८७ मा ५ लाख १ हजार ७७१ क्युसेक, सन १९६८ मा ७ लाख ६८ हजार दुईसय क्युसेक, सन् १९८९ सेप्टेम्बर १९ मा ४ लाख ७२ हजार १९३ क्युसेक, सन् २००४ जुलाई ११ मा ३ लाख ९८ हजार ६६९ क्युसेक र २०१९ जुलाई १३ मा ३ लाख ७१ हजार ११० क्युसेक पानीको वहाव आएको थियो ।

सान २०२० मा ३ लाख ३४ हजार नौसय, सन् २०२१ मा २ लाख ७४ हजार, सन् २०२२ मा २ लाख ४३ हजार, सन् २०२३ अगस्ट १४ मा ४ लाख ६२ हजार ३४५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको कोशी योजना बिराटनगर सम्पर्क तथा भूआर्जन कार्यलयले जनाएको छ ।

पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च बन्दैगएको छ । कोशीमा पानीको जल सतह उच्च भए पनि कोसीले पूर्वी स्परहरुमा यो समाचार तयार पार्दासम्म कुनै क्षति गरेको छैन । पूर्वी तटवन्धको राजावास, प्रकाशपुर, मधुवनलगायत क्षेत्रमा खतरा नरहेको बताइएको छ । कोशी नदीका भेल भने तटबन्धनजिक आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर