Aamsanchar

एक अटो वर्कसपबाट १४ किलो चाँदीका गहनासहित तीन जना भारतीय पक्रा*उ

Author Image
आइतवार, असार २३, २०८१

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १४ किलो चाँदीका गहनासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुईजना भारतीय नागरिक हुन् ।

पक्राउ पर्नेमा भारतको रक्सौलस्थित पूर्वी चम्पारणका २२ वर्षीय अमन कुमार, २६ वर्षीय बिक्कीकुमार साह र पर्साका ३४ वर्षीय श्रवणप्रसाद कानु छन् ।उनीहरूलाई काठमाडौंको सानो गौचरणस्थित एक अटो वर्कसपबाट पक्राउ गरिएको हो । ललितपुरबाट भारतीय नम्बर प्लेटको गाडीमा अवैध चाँदीका गरगहना ल्याएर काठमाडौंका विभिन्न स्थानमा बिक्री गर्न लागेको विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

उनीहरूलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर