

काठमाडौं – रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमाको मृत्यु भएको छ भने नातिनी बेपत्ता भएकी छिन्।

सुनछहारी गाउँपालिका ४ सिउरीमा देउसिंह कामीको घर गएराति १० बजे पहिरोले पुर्दा उनकी आमा ७० वर्षीया बुसुना सुनारको मृत्यु भएको हो । उनको शव निकालिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाले जानकारी दिए।

देउसिंहकी ४ वर्षीया छोरी भने भेटिएकी छैनन्। अहिले प्रहरी र स्थानीय उनको खोजी तथा उद्धारमा जुटिरहेको डीएसपी लामाले बताए।
देउसिंह र उनकी पत्नी कामको सिलसिलामा बाहिर रहेकाले जोगिएको प्रहरीले जनाएको छ।
Views: 78

