काठमाडौं – भोलि शुक्रबार दुई वटा प्रदेशले सार्वजनिक बिदा दिएका छन्।
कोशी र कर्णाली प्रदेशले भोलि फरक(फरक सन्दर्भमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
कोशी प्रदेश सरकारले ३० औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भोलि प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताए।
कर्णाली प्रदेश सरकारले भने भोलि नागपञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै नागपञ्चमीका दिन सार्वजनिक बिदा दिने जनाएको हो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
1
+1
+1
+1
+1
Views: 11