Aamsanchar

धरानमा खानेपानीको महसुल वृद्धिविरुद्ध प्रदर्शन, तीनजना घाइते

Author Image
बिहिवार, साउन २४, २०८१

विराटनगर – खानेपानीको महसुल वृद्धिविरुद्ध भएको प्रदर्शनमा सुनसरीको धरानमा तीनजना घाइते भएका छन् । बिहीबार प्रहरीसँग भएको झडपमा परी दुई स्थानीय र एक प्रहरी घाइते भएका हुन् ।

नेकपा (माओवादी केन्द्र)धरानका अध्यक्ष मनोज भट्टराईले दिएको जानकारीअनुसार बिहीबार खानेपानीको महसुल वृद्धिविरुद्ध प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरूले उपमहानगरपालिकाको सिन बोर्ड फ्याक्न खोजेपछि प्रहरीले रोकेको थियो । त्यसपछि झडप भएको हो ।

उपमहानगर मेयर हर्क साम्पाङले साउन १ गतेदेखि लागु हने गरी खानेपानीको महसुल वृद्धि गरेका थिए ।‌ यसको विरोध गर्दै १० राजनीतिक दल आन्दोलनमा छन् ।

विरोधमा धरानको खानेपानी बोर्डको कार्यालय र महसुल काउन्टरमा पनि तालाबन्दी गरिएको थियो । तर, उच्च अदालत विराटनगरको आदेशपछि ताला खोलिएको छ ।

उपमहानगरपालिका मेयर साम्पाङले भने सामाजिक सञ्जालबाट खानेपानीसम्बन्धी समस्या समाधान गर्न धरानमा गरिएको प्रयासलाई विश्वले सम्मान गरेको बताउने गरेका छन् ।

माओवादी केन्द्र धरानका अध्यक्ष भट्टराईले महसुल वृद्धिको निर्णय खारेज नभएसम्म आन्दोलन गरिरहने बताए ।‌

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर