Aamsanchar

एकदिवसीय वरीयतामा रोहित तेस्रो स्थानमा पुग्दा कोहली चाैथाेमा झरे

Author Image
बिहिवार, साउन २४, २०८१

काठमाण्डौ – आईसीसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ब्याटिङ वरीयतामा भारतीय कप्तान रोहित शर्मा तेस्रो स्थानमा आइपुगेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा रोहित शर्मा एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका हुन् । यस्तै भारतकै विराट कोहली भने एक स्थान तल झर्दै चौथो स्थानमा पुगेका छन् । यस्तै नेपालका कप्तान रोहित पौडेल एक स्थान तल झर्दै ९१ औँ स्थानमा पुगेका छन् । यो सूचीको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम र दोस्रो स्थानमा भारतका शुभमन गिल छन् ।

यसैगरी एकदिवसीय बलिङ वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज, दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हेजलवूड र तेस्रो स्थानमा अस्ट्रेलियाकै एडम जम्पा यथावत् छन् । यो सूचीमा नेपालका सोमपाल कामी एक स्थान सुधार गर्दै ८१ औँ स्थानमा आइपुगेका छन् ।

यसैगरी एकदिवसीय अलराउन्डर वरीयताको शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नबी, दोस्रो स्थानमा बङ्गलादेशका शाकिब अल हसन र तेस्रो स्थानमा जिम्बावेका सिकन्दर राजा यथावत् छन् । यो सूचीमा नेपालका कुशल मल्ल र सोमपाल कामी समान एक स्थान सुधार गर्दै क्रमशः ४७ औँ र ५१ औँ स्थानमा आइपुगेका छन् । यस्तै नेपालकै सन्दीप लामिछाने दुई स्थान तल झर्दै ७५ औँ स्थानमा पुगेका छन् ।

यसैगरी एकदिवसीय टिम वरीयताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका यथावत् छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर