Aamsanchar

४२ लाख रुपैयाँ भन्दाबढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा

Author Image
शुक्रवार, साउन २५, २०८१

सिन्धुली – सिन्धुली प्रहरीले ४२ लाख रुपैयाँ बढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका- ९ स्थित इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीको टोलिले बिल बिजक भन्दा अतिरिक्त अवैध सामानहरू ओसार पसार गर्ने म।प्र।०३–००२ख०३०६ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो ।

 

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार सर्लाहीबाट वीपी राजमार्गहुँदै काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रकभित्र बिल बिजकभन्दा अतिरिक्त अवैध सामान भएको पाइएपछि नियन्त्रणमा लिइएको हो ।

काफ्लेका अनुसार ट्रकमा ६ लाख ७५ हजार मुल्यको १ सय ५० बोरा चिनी, ८ लाख मुल्य बराबरको २० बोरा काजु, १ लाख ६५ हजार मुल्य बराबरको ११ बोरा छोकडा, ३ लाख ८४ हजार मुल्य बराबरको ६ बोरो सुपारी, ७२ हजार बराबरको २ बोरा कालो मरिच र ६ लाख ४० हजार मुल्य बराबरको १६ बोरो सेतो मरिच बरामद गरिएको हो।

 

ट्रकमा भएको बिल बिजक भन्दा बढी अवैध सामान फेला पारेपछि नियन्त्रणमा लिइ अनुसन्धान थालेको थियो । बरामद सामान र ट्रक आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको पनि प्रहरी प्रमुख काफ्लेको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर